+977-1-4101600
नर्भिकका विज्ञ डाक्टरले बारा पुगेर गरे हुरी प्रभावितको उपचार
बारा र पर्सामा आएको हावाहुरीका कारण प्रभावित भएकाको उपचारका लागि बारा पुगेका नर्भिकको विज्ञ डाक्टरसहितको टोलीले कलैया अस्पतालको आकस्मिक कक्षमा पुगेर सेवा दिन थालेको छ।
कलैया अस्पतालमा बिरामीको चाप अनुसार डाक्टर तथा स्वास्थ्यकर्मीको संख्या कम भएपछि नर्भिकबाट पुगेको विज्ञ टोलीले अस्पतालको आकस्मिक कक्षमा उपचार सेवा दिन सुरु गरेको हो।
नर्भिकको टोलीले आकस्मिक कक्षमा रहेका घाइतेलाई आवश्यक सम्पूर्ण जाँच तथा उपचार सेवा दिएको अस्पतालले जनाएको छ। नर्भिकबाट डा प्रदीपकुमार गुप्ता र डा इमराना खातुनको नेतृत्वमा ७ जनाको टोली बारा पुगेका छन्।
टोलीले औषधि उपचारसहित घाइतेका लागि कपडा तथा खानेकुरा समेत लिएर गएका छन्।