माइग्रेन भनेको एक प्रकारको टाउको दुख्ने रोग हो, जुन समय समयमा दोहोरिरहन्छ । यो दुखाई प्रायः टाउकोको एक भागमा हुने गर्दछ । यो रोगमा टाउकोमा च्वास्स च्वास्स घोचेजस्तो गरेर दुख्ने गर्छ । माइग्रेन जसलाई पनि हुनसक्छ, तर प्रायः पुरुषहरुको दाँजोमा यो रोग महिलाहरुमा बढी देखा पर्दछ । माइग्रेन बाल्यवस्था वा युवावस्थादेखि नै सुरु हुनसक्छ ।
हालसम्म माइग्रेन किन हुन्छ भन्ने निश्चित कारण पत्ता लगाइ सकिएको छैन । तर यसलाई बंशानुगत रोगको रुपमा पनि लिन सकिन्छ । मस्तिष्कमा जैविक रसायनहरुको असन्तुलन हुँदा माइग्रेनको समस्या उत्पन्न हुन्छ भन्ने पनि वैज्ञानिकहरुको अनुमान रहेको छ । माइग्रेन हुँदा मस्तिष्कको कार्यमा धेरै परिवर्तन आउँछ जसले रत्तफ्नली र मस्तिष्क वरिपरिका नसाहरु सुन्निन थाल्दछन् ।
माइग्रेन एउटा जीर्ण (लामो समयसम्म रहने) रोग हो र यसका लक्षणहरु बिरामी पिच्छे पफ्रक हुने गर्दछन् । ती मध्ये प्रायः
माथि दिइएका लक्षणहरुका आधारमा माइग्रेन रोग हो भनेर अनुमान लगाउन सकिन्छ । यसका लागि कुनै निश्चित जाँच छैन र चिकित्सकले गर्ने शारीरिक जाँचमा पनि प्रायमा केही पनि खराबी नदेखिने हुन्छ । माइग्रेनका लागि अन्य कुनै जाँचको आवश्यकता पनि खासै पर्दैन । यदि माथि दिएका लक्षणहरु बिरामीको दुखाईसँग मिल्दैनन् भने चिकित्सकले मस्तिष्क सम्बन्धी अन्य कुनै परिक्षण गराउन सक्छन्, जस्तैः एम.आर.आई., सिटी स्क्यान आदि ।
माइग्रेनको कुनै निश्चित उपचार नभएता पनि हामी स्वयम्ले तल दिएका उपायहरु अपनायौं भने यसको दुखाईबाट धेरै हदसम्म आपूफ्लाई बचाउन सक्छौं ।
माइग्रेन हुने विशेष कारण अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । माथि दिइएका उपायहरु अपनाउन सके यसको दुखाईबाट केही हदसम्म आपूफ्लाई बचाउन सकिन्छ र साथसाथै टाउको दुखाइको एउटा दैनिक तालिका बनाउन सके अभफ् सजिलो हुन्छ । किनकि यसले हप्ता वा महिनामा कति पटक टाउको दुख्ने गर्दछ भन्ने थाहा पाउन मद्दत गर्छ र यसलाई हेरी चिकित्सकले सजिलोसँग औषधि उपचार गर्न सक्नेछन् ।
अन्य केही कारणहरु जसले माइग्रेनको दुखाईलाई बढाउन सक्दछन् :
यदि तपाई टाउको दुखाईबाट पीडित हुनुहुन्छ भने यस नर्भिक इन्टरनेशनल हस्पिटलको Headache Clinic मा सम्पर्क राख्न सक्नुहुनेछ ।
- Dr. Pankaj Jalan
Consultant Neurologist / Medical Director
Norvic International Hospital
If you experience symptoms of migraine, Visit Norvic International hospital, The best hospital in kathmandu and nepal for best treatment of migraine. To book an appointment with top doctors for migraine treatment in Nepal, Please call on 01-5970032.
You can also book appointment online or through whatsapp/viber No. 00977-9880888000